ओम अस्पतालमा ‘माइक्रोवेभ एब्लेसन प्रोसिडियोर’ विधिबाट मिर्गौलाको ट्युमरको उपचार
काठमाडौं ओम अस्पताल तथा रिसर्च सेन्टरमा पहिलोपटक ‘माइक्रोवेभ एब्लेसन प्रोसिडियोर’ विधिबाट मिर्गौलाको ट्युमरको उपचार गरिएको छ।
पोखराको लेखनाथ नगरपालिकाका दशरथ बरालको उपचारमा माइक्रोवेभ एब्लेसन विधि प्रयोग गरिएको हो। यो उपचार नेपालमा नै पहिलो पटक गरिएको दाबी अस्पतालले गरेको छ।
बिरामीको दाहिने मिर्गौलाको तल्लो भागमा रहेको ३ सेन्टिमिटर भन्दा लामो रेनल सेल कार्सिनोमा ट्युमरको उपचार गरिएको हो। उपचारमा अस्पतालका युरोलोजी विभागका प्रमुख प्रा.डा. भोलाराज जोशीको समूह संलग्न थियो।
प्राडा जोशीले यस किसिमको विधि निकै साना आकारका ट्युमरको उपचारका लागि अत्यन्त प्रभावकारी जानकारी दिए।
एब्लेशन भनेको शरिरको भित्री अंगहरूको ट्युमरका तन्तुहरूलाई तातोले डामेर वा चिस्याएर मार्ने प्रक्रिया हो। उमेरका कारण, मुटुको समस्यालगायत विविध कारणले शल्यक्रिया गर्न नमिल्ने अवस्थाका बिरामीकालागि यो विधि प्रयोग गरिने अस्पतालले बताएको छ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स