ओम अस्पतालमा ‘माइक्रोवेभ एब्लेसन प्रोसिडियोर’ विधिबाट मिर्गौलाको ट्युमरको उपचार
काठमाडौं ओम अस्पताल तथा रिसर्च सेन्टरमा पहिलोपटक ‘माइक्रोवेभ एब्लेसन प्रोसिडियोर’ विधिबाट मिर्गौलाको ट्युमरको उपचार गरिएको छ।
पोखराको लेखनाथ नगरपालिकाका दशरथ बरालको उपचारमा माइक्रोवेभ एब्लेसन विधि प्रयोग गरिएको हो। यो उपचार नेपालमा नै पहिलो पटक गरिएको दाबी अस्पतालले गरेको छ।
बिरामीको दाहिने मिर्गौलाको तल्लो भागमा रहेको ३ सेन्टिमिटर भन्दा लामो रेनल सेल कार्सिनोमा ट्युमरको उपचार गरिएको हो। उपचारमा अस्पतालका युरोलोजी विभागका प्रमुख प्रा.डा. भोलाराज जोशीको समूह संलग्न थियो।
प्राडा जोशीले यस किसिमको विधि निकै साना आकारका ट्युमरको उपचारका लागि अत्यन्त प्रभावकारी जानकारी दिए।
एब्लेशन भनेको शरिरको भित्री अंगहरूको ट्युमरका तन्तुहरूलाई तातोले डामेर वा चिस्याएर मार्ने प्रक्रिया हो। उमेरका कारण, मुटुको समस्यालगायत विविध कारणले शल्यक्रिया गर्न नमिल्ने अवस्थाका बिरामीकालागि यो विधि प्रयोग गरिने अस्पतालले बताएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित