‘स्वास्थ्य संस्था र चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको प्रावधान ल्याऊ’
काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्य संस्था र चिकित्सकमाथि आक्रमणमा संलग्नलाई कडा कारबाही गर्ने प्रावधान तत्काल ल्याउन सरकारसँग माग गरेको छ।
स्वास्थ्य संस्था र चिकित्सकमाथि आक्रमण गर्ने क्रम बढेको भन्दै संघले यस्ता क्रियाकलापमा संलग्नलाई विना धरौटी हिरासतमा लिई जेल चलान गर्ने प्रावधानका लागि संघले पुनः सरकारको ध्यानाकर्षण गरेको हो।
संघले शुक्रबार विज्ञप्ति निकालेर स्वास्थ्य संस्थाको शान्तिपूर्ण वातावरणलाई आपराधिक क्रियाकलापका कारण बारम्बार असहजता प्रदान गर्ने घटनाक्रमले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मात्र नभई सर्वसाधारण नागरिकलाई समेत गम्भीर असर पुग्ने संघले बताएको छ।
‘यस्ता प्रकारका घटनामा संलग्न दोषीहरुलाई कानूनी दायरामा ल्याउनका लागि हालको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई तत्काल आवश्यक परिमार्जन गरी बिना धरौटी हिरासदमा लिई जेल चलानको प्रावधान समावेश गरेर स्वास्थ्य संस्थालाई भयरहित बनाउन नेपाल चिकित्सक संघ निरन्तर संघर्षरत छ’, विज्ञप्तिमा भनिएको छ, ‘यदि यो प्रावधानलाई लागू गराउन नसकिने हो भने स्वास्थ्य सेवा प्रवाह अब चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको काबुभन्दा बाहिर जाने अवस्था नआउला भन्न सकिदैन । त्यसपछिको अवस्था कति कहालीलाग्दो र भयावह होला हामीहरू कल्पना पनि गर्न सक्दैनौँ।’
घटनामा संलग्न व्यक्तिहरुलाई छानबिन गरी कडा कारवाही नगरिए असुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न नसकिने पनि संघले स्पष्ट पारेको छ।




डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित