Health TV Online
Health TV Online
Health TV Online

पहिराेका कारण बिचमै राेकिन्छन् बिरामी बाेकेका एम्बुलेन्स

पहिराेका कारण बिचमै राेकिन्छन् बिरामी बाेकेका एम्बुलेन्स

पाल्पा : रामपुरदेखि विभिन्न क्षेत्रमा पुग्ने कच्ची सडकमा पहिरो खस्दा आवतजावतमा कठिनाइ बनेको छ। रामपुरदेखि तानसेन, बुटवल, भिमाद, तनहुँ हुँदै कास्की पोखरा तथा नवलपुर हुँदै नारायणगढ तथा काठमाडौंँ जान आउन समस्या भएको हाे।

जताततै कच्ची मोटरबाटो छ । तत्काल पहिरो हटाउन पनि समस्या छ। रामपुरका राजेन्द्रप्रसाद लम्सालले एम्बुलेन्समा बिरामी राखेर काठमाडौंं लैजाँदै गर्दा पहिरोले रोकिनुपरेको बताए।

बिरामीलाई एम्बुलेन्समा राखेर लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन लैजाँदै गर्दा बाटामै करिब तीन घण्टा रोकिनुपरेको उनको भनाइ छ।
सम्बन्धित निकायले समयमै बाटो मर्मत गर्ने र पहिरो हटाउने काम नगर्दा अकालमै मानिसको ज्यान जान सक्ने भएकाले ध्यान दिन सर्वसाधारणले आग्रह गरेका छन्।

रामपुर मोहटीका कृष्ण विकले पनि एम्बुलेन्समा सुत्केरी लिएर तानसेन लैजाँदै गर्दा बाटामा करिब तीन घण्टाभन्दा बढी रोकिनुपरेको बताए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार