बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रौनियार घुससहित पक्राउ
काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा राजकुमार रौनियार ८ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डा रौनियारलाई घुस रकम सहित पक्राउ गरेको हो । प्रतिष्ठानको भवन निर्माणको ठेक्कामाघुस मागेको सूचनाको आधारमा पुगेको टोलीले प्रतिष्ठान परिसरमा रहेको उपकुलपति निवास धरानबाट उनलाई पक्राउ गरेको हो ।
उनी सहित अर्का चिकित्सक डा रामहरि रौनियारलाई रंगेहात नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए। उनीहरुबारे थप अनुसन्धान भइरहेको पनि कोइरालाले जानकारी दिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण