Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुरा अस्पतालका चिकित्सकलाई गोदानले भन्यो, मन्त्रालयमा आएर हाजिर गर्नुस्

डडेल्धुरा अस्पतालका चिकित्सकलाई गोदानले भन्यो, मन्त्रालयमा आएर हाजिर गर्नुस्

काठमाडौं : सरकारी चिकित्सक संघ (गोदान)ले डलेल्धुरा अस्पतालमा बुधबार भएको घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ।

बिहीबार विज्ञप्ति निकालेर गोदानले न्यूनतम सेवा सुविधा र सीमित स्रोत साधनमा गुणस्तरीय उपचारमा समर्पित स्वास्थ्यकर्मीमाथि पटकपटक आक्रमण भइरहनु दुर्भाग्यपूर्ण भन्दै यसको असर कालान्तरमा विशेषगरी गरिब दुःखी स्थानीय बासिन्दामा पर्ने उल्लेख गरेको छ।

गोदानले सुरक्षाको शतप्रतिशत ग्यारेन्टी नभएसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन पनि त्यहाँका चिकित्सकलाई आग्रह गरेको छ।

बुधबार दिउँसो स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकलाई आक्रमण गरेको जनाइएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार