Health TV Online
Health TV Online
Health TV Online

प्रजनन नियन्त्रणभन्दा व्यवस्थापनमा ध्यान दिन प्रधानमन्त्रीकाे आग्रह

प्रजनन नियन्त्रणभन्दा व्यवस्थापनमा ध्यान दिन प्रधानमन्त्रीकाे आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजनन नियन्त्रणभन्दा व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन्।

विश्व जनसङ्ख्या दिवसका दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारका साथै जन्मदरमा आएको कमीलाई दृष्टिगत गर्दै व्यवस्थापनमा ध्यान दिन जोड दिएका हुन्।

‘नेपालमा शिशु तथा बाल मृत्युदर र सबै उमेरका जनसङ्ख्याको मृत्युदरमा आएको उल्लेख्य कमीका कारण औसत आयु वृद्धि भएको छ। श्रम शक्ति बहुल उमेरको उल्लेख्य उपस्थिति भएको अवस्था सिर्जना भएको छ। यो अवस्थालाई हामीले उपयोग गर्न सक्नुपर्छ।’, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।

उनले बालिकामाथि हुने लैङ्गिक विभेदमा कमी आउन थालेको तर छोरीप्रति गर्भमै वा जन्ममै विभेद गरिने परम्पराका कारण भविष्यमा जनसाङ्ख्यिक असन्तुलन निम्त्याउने सम्भावनाप्रति सचेत हुन आग्रह गरेका छन्।

ज्येष्ठ नागरिकको आर्थिक स्वावलम्बन कायम गराउँदै उनीहरुलाई सहभागिताको अवसर उपलब्ध गराउन सरकार सजग रहेको भन्दै प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक, पारिवारिक र आवासको सुरक्षाका साथै स्वास्थ्य सेवा र तन्दुरुस्ती सरकारको प्राथमिकतामा रहेको जनाए

हरेक जुलाई ११ का दिन संयुक्त राष्ट्र सङ्घको आह्वानमा आज संसारभर जनसङ्ख्या दिवस मनाइँदैछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार