अमेरिकामा मृगौला प्रत्यारोपणमा नयाँ नीति घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०३० सम्ममा अमेरिकामा मृगौला रोगीको संख्यामा २५ प्रतिशतले कमी ल्याउने घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यस्तो घोषणा गरेका हुन्। स्वास्थ्य तथा मानव संशाधन मन्त्री अलेक्स अजारले राष्ट्रपतिको आदेशको मुख्य लक्ष्य नै सन् २०३० सम्ममा प्रत्यारोपणका लागि मृगौलाको संख्या वृद्धि गर्ने रहेको जानकारी दिए।
राष्ट्रपतिको आदेशमा घरमै बसीबसी डायलासिस सेवा वृद्धि गर्ने योजनामा नवीन प्रविधिको खोजी गर्नु पनि रहेको छ । मेडिकल सेन्टरमा उपचार गर्नुभन्दा घरमै कम खर्चिलो विधिबाट डायलासिस सेवा उपलब्ध गराउनु पनि राष्ट्रपतिले जोड दिएका छन्। राष्ट्रपति ट्रम्पले हाल करिब १२ प्रतिशतले मात्र घरमै डायलासिस सेवा लिइरहेको पनि जानकारी दिए।
संयुक्तराज्य अमेरिकामा करिब तीन करोड ७० लाख मानिस मृगौला रोगबाट थलिएका छन् र त्यसमध्ये करिब सात लाख २६ हजार अन्तिम चरणका छन्।
करिब एक लाख अमेरिकीहरु मृगौला प्रत्यारोपणको पर्खाइमा रहेका र एक लाखभन्दा बढीले हरेक वर्ष डायलासिस सेवा आरम्भ गर्छन्। अमेरिकी ह्वाइट हाउसको विवरण अनुसार डायलासिस सेवा शुरु गरेका आधाभन्दा बढीको मृत्यु पाँच वर्ष नपुग्दै हुने गरेको छ।
अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट कृत्रिम मृगौला प्रत्यारोपणका लागि स्वीकृति प्राप्त भएमा स्वास्थ्य क्षेत्रमा थप प्रगति हुने अमेरिकी प्रशासनको विश्वास छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण