गजेन्द्रनारायण अस्पतालमा सामाजिक सेवा एकाइ
सप्तरी : लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशिक छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ।
सेवा सञ्चालनका विषयमा औपचारिक जानकारी दिँदै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट असहाय र असमर्थ बिरामी उपचारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले एकाइ स्थापना गरिएको बताए।
लक्षित समूहका बिरामीको स्वास्थ्य सेवामा समतामूलक पहुँच एवं उपभोग अभिवृद्धि गर्न सरकारले आर्थिक वर्ष ०६९÷७० देखि केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा यस्तो एकाइ राख्ने निर्णय गरेकामा उक्त अस्पतालमा गत चैत १२ गतेदेखि सेवा शुरु गरिएको हो।
लक्षित समूहअन्तर्गत गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपमा परेका, दुर्घटनामा घाइते भएका, शहीद परिवार, कुपोषित बालबालिका र लोपोन्मुख समुदायले उक्त एकाइमार्फत नियमित तथा विशेषज्ञ सेवा पाउने छन्।
उपचारमा सहुलियत पाउने लक्षित समूहका बिरामीले नेपाल सरकारले जारी गरेको परिचयपत्र, नागरिकताको प्रमाणपत्र, अन्य कुनै आधिकारिक परिचयपत्र वा स्थानीय तहको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण