‘तरकारीमा विषादी परीक्षण निर्णय फिर्ता : जनताको विश्वासमाथि कुठाराघात’
काठमाडौं : नेपाल चिकित्सक संघले सरकारले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णय कार्यान्वयन गर्नुको साटो रोकेको भन्दै आपत्ति जनाएको छ।
मंगलबार विज्ञप्ति जारी गरी संघले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने अत्यावश्यकीय सामग्रीहरूको गुणस्तर परीक्षणका लागि सरकार जिम्मेवार हुनु पर्नेमा अघिल्ला निर्णयसमेत फिर्ता लिएर जनताको विश्वासमाथि कुठाराघात गरेको ठहर गरेको छ।
‘विषादीयुक्त फलफूल तथा तरकारीको सेवनले मानसिक असन्तुलन, स्वासप्रश्वासमा समस्या, झाडापखाला, पिसाबमा समस्या तथा छालामा संक्रमण देखिने जस्ता समस्या तत्काल देखा पर्न सक्छन्’, महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘दीर्घकालीन रूपमा मुटु, कलेजो, मृगौलामा गम्भीर असर पार्नुका साथै क्यान्सर जस्ता प्राणघातक रोगको कारक बन्न सक्छ।’
स्वस्थ भई बाँच्न पाउने र गुणस्तयुक्त उपभोग्य वस्तुहरुको सेवन गर्न पाउने नैसर्गिक अधिकारलाई कुण्ठित गर्दै अपरिपक्क र गैर जिम्मेवार रुपमा सरकार प्रस्तुत हुनुले समग्र राष्ट्रको गरिमामाथि नै आँच पुगेको संघको भनाइ छ।
संघले विषादी परीक्षण कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयनकाे माग गरेको छ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण