प्रदूषित पानीले चितवनमा झाडाबान्ताका बिरामी बढे
चितवन : बर्खा लागेसँगै यहाँको भरतपुर अस्पतालमा झाडाबान्ताका बिरामी बढेका छन्। निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढेको छ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक झाडाबान्ताका सात\आठ बिरामी आउन थालेका छन्। प्रदूषित पानीसँगै भारतबाट आयातित आँपका कारण रोग देखापरेको डा अग्रहरीले जानकारी दिए।
दूषित पानीका कारण झाडाबान्ता हुने, पेट दुख्ने, ज्वरो आउने र दिसामा रगत देखिने बिरामी बढेका छन्। झाडाबान्ताका कारण शरीरमा पानीको मात्रा कम भएपछि मिर्गौलामा समेत असर पर्ने उहाँले बताउनुभयो । झाडावान्ताले शरीरमा हुने पौष्टिकतत्त्व र पानीको मात्रा घटीमिर्गौलामा असर पर्छ भने रक्तचाप कम हुन्छ।
सङ्क्रमित पानीमा टाइफाइडको किटाणु पनि हुने हुनाले त्यस्तो पानीले टाइफाइडको ज्वरो आउने अग्रहरी बताउँछन्। यस्तो ज्वरो आउँदा टाउको दुख्छ। अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार बहिरङ्ग सेवामा आएका बिरामीमध्ये १५ प्रतिशत मौसम परिवर्तनसँगै हुने रोगका बिरामी छन्, जसमध्ये सबैभन्दा बढी झाडाबान्ताको भएको उनको भनाइ छ।
बाहिरको पानी प्रदूषित हुनसक्ने भएकाले उमालेर चिसो बनाएर पानी पिउन अधिकारीले सुझाव दिए। नउमालेको फ्रिजमा राखेर चिसो बनाएको पानीमा किटाणु हुने उनी बताउँछन्।
३० सेकेण्डसम्म साबुन रहने गरी हात धोएमा खानेकुराबाट सर्ने ३३ प्रतिशत रोग कमी हुने चिकित्सकहरू बताउँछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण