विशेषज्ञ चिकित्सकको भर्नाको विषयमा सर्वोच्चले बोलायो दुबै पक्षलाई छलफलमा
काठमाडौं: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको विशेषज्ञ चिकित्सक अध्ययनको भर्ना प्रकृयाका विषयमा परेको रिटमा छलफलका लागि दुवै पक्षलाइ बोलाइएको छ ।
निवेदकको माग बमोजिम दुबै पक्ष बसेर छलफल गर्नुपर्ने ठहर गर्दै सर्वोच्चले विपक्षी बनाइएको प्रतिष्ठान एवम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छलफल गर्न आगामी २९ गतेलाइ बोलाएको छ ।
प्रतिष्ठानले विशेषज्ञ चिकित्सक अध्ययन लागि यस वर्ष कानुन विपरित विदेशी विद्यार्थीलाई बढी सिट तोकेको भन्दै डा पुष्पमणी खरालले सर्बोच्चमा रिट दायर गरेका थिए । यसअघि रिटमाथि सुनुवाइ गर्दै तत्काल भर्ना प्रकृया अगाडी नबढाउन अन्तरिम आदेश दिएको थियो ।
विशेषज्ञ चिकित्सकको हकमा कुल सिट मध्ये एक तिहाइ भन्दा बढी विदेशी विद्यार्थीलाई छुट्याउन नपाइने नियम छ । तर प्रतिष्ठानले यस विपिरत सूचना निकालेकाे थियाे।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित