नेपाल ग्याँस उद्योग संघका सदस्य तथा कर्मचारीलाई ओम अस्पतालमा उपचार गराउँदा विशेष छुट
काठमाडौं: नेपाल ग्याँस उद्योग संघका सदस्य तथा कर्मचारीले ओम अस्पतालबाट उपचारमा विशेष सहुलियत पाउने भएका छन् ।
ओम अस्पताल तथा रिसर्च सेन्टर र नेपाल ग्याँस उद्योग संघबीच सदस्य तथा कर्मचारीलाई उपचारमा सहुलियत सुविधा दिने विषयमा सोमबार सम्झौता भएको हो ।
समझदारीपत्रमा ओम अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्की तथा संचालक समिति सदस्य तथा जनसम्पर्क निर्देशक हरी प्रसाद पाठक, प्रशासन तथा बित्त निर्देशक दिपेन्द्र पोखरेल तथा एलपी ग्याँस उद्योग संघका तर्फबाट अध्यक्ष, गोकुल भण्डारी,बरिष्ठ उपाध्यक्ष कुश प्रसाद मल्ली, महासचिब दिवान चन्द र सचिव श्याम बुढाथोकीले हस्ताक्षर गरेका हुन्।
अस्पताल र संघबीच भएको सहमतिअनुसार संघका सदस्य तथा कर्मचारीहरूले चिकित्सकसँगको कन्सल्टेसन, औषधि, प्रत्यारोपण सामग्री र विशेष प्याकेजबाहेकका सेवामा बिशेष छुट पाउने छन्।
‘वी केयर फर यु’ नारा सहित स्वास्थ्य उपचार सेवामा दुईदशक अघिदेखि ओम अस्पतालले बिरामीलाई सेवा दिंदै आएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित