‘योग शिक्षा अब प्रत्येक विद्यालयमा’
भक्तपुर : शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योग शिक्षालाई स्कुल स्कुलमा पुर्याउने बताएका छन्।
पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरले आज आयोजना गरेको कार्यक्रम उद्घाटन गर्दै पोखरेलले विद्यालयहरुमा योग शिक्षा पुर्याउन पाठ्यक्रम निर्माण कार्य अगाडि बढिरहेको बताए। विद्यालय र विद्यार्थी मार्फत योगशिक्षालाई गाउँ गाउँसम्म पुर्याउने उनको भनाइ छ।
‘अब सामुदायिक विद्यालयमा योग, प्राकृतिक चिकित्सा, जडिबुटीको पढाई सुरु हुन्छ’, उनले भने, ‘यसका लागि आवश्यक पाठ्यक्रम निर्माण कार्य भईरहेको छ।’
कार्यक्रममा पातञ्जल योग समिति नेपाल, केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदी, केन्द्रीय महासचिव नवराज काफ्ले, डा. चन्द्रमणि खनाल, सुवर्णलाल चित्रकार, रामनाथ अधिकारी, दीपकप्रसाद नेपाल, जानुका भट्टराई लगायतले योग र प्राकृतिक चिकित्साकाबारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरी बृहत छलफल गरिएको थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित