प्रदेश ३ का ३३ प्रतिशत वडा सरकारी स्वास्थ्य संस्थाविहीन
काठमाडौं : संघीय राजधानी रहेको प्रदेश ३ का करिब ३३ प्रतिशत स्थानीय तहका वडाहरू सरकारी स्वास्थ्य संस्थाविहीन रहेको पाइएको छ।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयका योजना अनुगमन तथा नियमन शाखाका प्रमुख डा. राजेन्द्र गिरीले अहिले पनि प्रदेशका करिब ३३ प्रतिशत वडा सरकारी स्वास्थ्य संस्थाविहीन रहेको बताएका हुन्।
स्वास्थ्य पत्रकार मञ्च नेपाल र प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाले आइतबार आयोजना गरेको पत्रकार अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा गिरीले ती स्थानमा कार्यक्रम गर्न अप्ठ्यारो भएको बताए।
प्रदेश स्वास्थ्य निर्देशानालय जेठसम्मको नौ महिनाको अवधिमा ५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको समेत जनाएको छ। निर्देशनालयले चालु बजेटअन्तर्गत संघीय बजेटबाट आएको आठ करोड ८८ लाख बजेटमा गत जेठ मसान्तसम्म ५२ प्रतिशत प्रगति भएको जानकारी दिएको छ।
प्रदेश सरकारबाट प्राप्त चार करोड रुपैयाँमा ५८ प्रतिशत बढी प्रगति भएको उल्लेख छ। निर्देशनालयलअन्तर्गत आठवटा ठूला अस्पताल तथा १३ वटा स्वास्थ्य कार्यालयहरू रहेको जनाइएको छ।
कार्यक्रममा उपस्वास्थ्य प्रशासक डा रामबहादुर केसीले गत भदौबाट अस्तित्वमा आएको निर्देशनालयले जनस्वास्थ्यका गतिविधिलाई प्राथमिकताका साथ अघि बढाएको दाबी गरे।
कार्यक्रममा मञ्चका महासचिव रामप्रसाद न्यौपानेले संस्थाका गतिविधि र भावी रणनीतिका बारेमा जानकारी दिएका थिए।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण