चितवन कारागारका कैदी बिरामी
चितवन : चितवन कारागारका बन्दी बिरामी भएका छन्। कारागारका कैदी बन्दीमा भाइरलको संक्रमण देखिएको कार्यालय प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।
कारागारमा रहेका ७५९ बन्दीमध्ये ३५ जनालाई ज्वरो आएको छ । भाइरलको समस्या देखिएपछि सतर्कता अपनाइएको काफ्लेले बताए।
भाइरलको संक्रमण चाँडो बढ्न सक्ने देखिएकाले नियन्त्रण गर्न उपचार प्रक्रिया शुरु गरिएको छ।
कारागारमा आकाशे पानी जम्ने भएकाले भाइरलको समस्या देखिने गरेको छ। कारागारमा क्यान्सरका सात, कुष्ठरोगका एक, क्षयरोगका दुई, हेपाटाइटिस ‘बी’का एक, एचआइभी संक्रमित चार, उच्च रक्तचापका ४५ तथा मधुमेहका २० बिरामी छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण