यसकारण हुन्छ जण्डिस
जण्डिस नेपाली समाजमा ‘पहेँलाे राेग’ नामले पनि चिनिन्छ। याे विभिन्न कारणले हुन्छ, जसमध्ये रगतमा विलिरुबिनको मात्रा बढी हुुनु मुख्य कारण हो ।
सामान्यतया रगतमा विलरुबिनको मात्रा एक मिलिग्रामभन्दा कम हुन्छ। तर, विभिन्न रोगका कारण यसको मात्रा तीन मिलिग्राम वा त्याेभन्दाबढीसम्म पुग्ने भएकाले छाला पहेँलो हुन्छ।
एक्युट हेपाटाइटिस, क्रोनिक हेपाटाइटिस, कलेजोको क्यान्सर र पित्तथैली बन्द हुनुजस्ता कलेजोसम्बन्धी विभिन्न रोगका कारणले जन्डिस देखा पर्छ ।
रगतमा भएको ‘विलिरुबिनको मात्रालाई कलेजोमार्फत पित्तमा फाल्ने इन्जाइम कम हुँदा विलिरुबिनको मात्रा झन् बढेर जण्डिस हुन्छ । यस्तै विविध कारणले पित्ताथैली बन्द हुँदासमेत जण्डिस हुन्छ।
लामो समयसम्म क्षयरोगको औषधि सेवन गर्दा, अत्यधिक मदिराजन्य पदार्थ सेवन गर्दा पनि जण्डिसले समाउन सक्छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै