‘प्राकृतिक चिकित्सालाई आधुनिक एलोपेथी पद्धतिसँग जोडेर फाइदा लिनुपर्छ’
काठमाडौ : सरोकारवालाहरूले नेपालको मौलिक उपचार पद्धति प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा योग तथा चिकित्सा संघले गरेको कार्यक्रममा उनीहरूले प्राकृतिक चिकित्सा र आधुनिक चिकित्सापद्धतिको मेलबाट स्वास्थ्यरक्षा गर्नुपर्ने बताएका हुन्।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले बढ्दो आधुनिकतासँगै मानिस प्रकृतिबाट टाढा भइरहेकाले विभिन्न समस्या भोग्नुपरेको तर्क गरे। उनले सरकारले प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्ने बताए। प्राकृतिक चिकित्सालाई आधुनिक एलोपेथी पद्धतिसँग जोडेर फाइदा लिनुपर्ने उनको भनाइ छ।
पूर्वसांसद शंकरप्रसाद पाण्डेले अहिलेको मानिसले प्रकृतिबाट आनन्द लिन बिर्सेको बताए। ‘कम्तीमा एउटा रुख रोपौँ। निरोगी बनौँ। सरल जीवन बिताऔँ’, उनले भने।

कार्यक्रममा योग चिकित्सक डा. हरिप्रसाद पोखरेलले योग तथा प्राकृतिक चिकित्सा फैलिने क्रममा रहेको जानकारी दिए। विभिन्न पाठ्यक्रम समिति बनेको भन्दै उनले सातवटै प्रदेशका सामुदायिक विद्यालयमा अध्यापनका लागि पाठ्यक्रम निर्माण भइसकेको बताए। ९ १० र ११ १२ मा आगामी वर्षदेखि योग र प्राकृतिक चिकित्सा इच्छाधीन विषयका रूपमा पढाइ हुने उनको भनाइ छ।
पोखरेलले सीटीईभीटीअन्तर्गत जडिबुटी र प्राकृतिक चिकित्साको तीनवर्षे पाठ्यक्रम तयार भएको र मदरसाहरूमा युनानी चिकित्साको पाठ्यक्रम बनाइएको जानकारी दिए।
राष्ट्रिय प्राकृतिक चिकित्सक संघका अध्यक्ष डा जनकबहादुर बस्नेतले प्राकृतिक चिकित्साप्रति मानिसको विश्वास बढ्दै गएको बताए। ‘अहिले विश्वमा नसर्ने रोगको महामारी फैलिएको छ’, उनले भने, ‘जीवनशैली परिर्वतन गरी प्रकृतितर्फ फर्किनुको विकल्प छैन।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण