बीपी प्रतिष्ठानमा भर्ना रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं : सर्वोच्च अदालतले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्कालका लागि भर्ना रोक्न अन्तरिम आदेश दिएको छ।
सर्वोच्चले शुक्रबार विशेषज्ञ चिकित्सक अध्ययनको भर्नासम्बन्धी कुनै पनि काम नगर्न\नगराउन अन्तरिम आदेश दिएको हो।
प्रतिष्ठानले विशेषज्ञ चिकित्सक अध्ययन ‘पीजी’को लागि यो वर्ष निकालेको शैक्षिक सूचना कानुनविपरीत भएको भन्दै गत मंगलबार अधिवक्ता जयलाल भण्डारी र डा. पुष्पमणि खरालले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टंक बहादुर मोक्तानको एकल इजलासले सो आदेश दिएको हो।
प्रतिष्ठानले गत असार ७ गते आगामी शैक्षिक सत्र २०७५\७६ को एमडी, एमएस, एमडीएसलगायतका चिकित्सा शिक्षा अध्ययनको पीजी तहमा नेपालीभन्दा विदेशी विद्यार्थीलाई बढी सिट छुट्याएको सूचना प्रकाशित भएको थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित