जनता बैंकका ग्राहक–कर्मचारीलाई ओम अस्पतालमा सहुलियत
काठमाडौं : जनता बैंकका ग्राहक तथा कर्मचारीले ओम अस्पतालबाट उपचारमा सहुलियत पाउने भएका छन्।
ओम अस्पताल तथा रिसर्च सेन्टर र जनता बैंकबीच ग्राहक तथा कर्मचारीलाई उपचारमा सहुलियत सुविधा दिने विषयमा बिहीबार सम्झौता भएको हो।
साझेदारीपत्रमा ओम अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की तथा सञ्चालक समिति सदस्य तथा जनसम्पर्क निर्देशक हरिप्रसाद पाठकले हस्ताक्षर गरेका हुन्। सम्झौतापत्रमा बैंकका प्रबन्धकहरू सुरेश गौतम र महेन्द्र खतिवडाले पनि हस्ताक्षर गरे।
अस्पताल र बैंकबीच भएको सहमतिअनुसार बैंकका ग्राहक तथा कर्मचारीहररूले चिकित्सकसँगको कन्सल्टेसन, औषधिको बिल, डिस्पोजेवल, प्रत्यारोपण सामग्री र विशेष प्याकेजबाहेकका सेवामा १० प्रतिशत छुट पाउनेछन्।
बैंकका ग्राहक तथा कर्मचारीहरूले जनता बैंकको भिसा डेबिट कार्ड ‘स्वाइप’ गरेर पनि उपलब्ध अफरको लाभ लिन सक्ने अस्पतालले जनाएको छ।
‘वी केयर फर यु’ नारा सहित स्वास्थ्य उपचार सेवामा लामो समयदेखि समर्पित ओम अस्पताल तथा रिसर्च सेन्टरले सुलभ मूल्यमा स्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण