दाङमा भेटिए सिकलसेलका ५३ बिरामी
दाङ : जिल्लामा ५३ जना सिकलसेलका बिरामी भेटिएका छन्। घोराही उपमहानगरपालिकाले विभिन्न वडामा आयोजना गरेको स्वास्थ्य शिविरमा ५३ जनामा सिकलसेलको लक्षण देखिएको हो।
वडा नम्बर २ को रामपुर, वडा नम्बर ७ को सौडियार र वडा नम्बर १० को नारायणपुरमा ३४३ जनामा गरिएको परीक्षणमा ५३ जनामा सिकलसेल एनिमियानको लक्षण देखिएको हो। रामपुरमा ५५ जनाको रगत परीक्षण गर्दा आठ महिला र चार पुरुष गरी १२ जनामा प्रारम्भिक लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले बताए।
त्यसैगरी सौडियारमा १३१ जनाको रगत परीक्षणका क्रममा १४ महिला र एक पुरुषमा सिकलसेलको लक्षण देखिएको छ। नारायणपुरमा १५७ जनाको रगत परीक्षण गर्दा १९ महिला र सात पुरुष गरी २६ जनामा सिकलसेलको लक्षण देखिएको छ। त्यसमा पनि २० वर्षदेखि ५९ वर्षका व्यक्तिमा सिकलसेलको लक्षण देखा परेको छ। घोराही उपमहानगर स्वास्थ्य शाखाले प्रारम्भिक जाँच गरेको र अब तुलसीपुरको प्रादेशिक अस्पतालमा जाँचका लागि रिफर गरिने संयोजक घर्तीले जानकारी दिए।
दाङमा एक लाख ३७ हजार थारु समुदायको जनसंख्या छ। त्यसमध्ये करिब १५ प्रतिशतमा सिकलसेल एनिमिया बिरामी हुन सक्ने अनुमान गरिएको छ। अहिले जिल्लामा १३५ जनाले सिकलसेल एनिमियाको नियमित औषधि खाइरहेको तथ्यांक छ। सरकारले एक लाख बराबरको निःशुल्क औषधि दिने व्यवस्था गरे पनि समयमै पाउन नसकेको उनीहरूले गुनासो गरेका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा