ज्येष्ठ नागरिकलाई सित्तैमा औषधि
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटका ज्येष्ठ नागरिकलाई मधुमेह, उच्च रक्तचाप र दमको औषधि निःशुल्क उपलब्ध गराइने भएको छ ।
नगरपालिकाको–२ र आलापोट स्वास्थ्य चौकीले मंगलबार आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान, ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गका लागि निःशुल्क स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
शिविरमा ७० वर्ष माथिका १७० ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी एक महिनाका लागि निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य चौकी प्रमुख स्वास्थ्य सहायक जगत नेपालीले बताए।
ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गर्न वडा नं. २ कार्यालयले ८५ हजार रुपैयाँ उपलब्ध गराएको उनले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण