ज्येष्ठ नागरिकलाई सित्तैमा औषधि
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटका ज्येष्ठ नागरिकलाई मधुमेह, उच्च रक्तचाप र दमको औषधि निःशुल्क उपलब्ध गराइने भएको छ ।
नगरपालिकाको–२ र आलापोट स्वास्थ्य चौकीले मंगलबार आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान, ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गका लागि निःशुल्क स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
शिविरमा ७० वर्ष माथिका १७० ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी एक महिनाका लागि निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य चौकी प्रमुख स्वास्थ्य सहायक जगत नेपालीले बताए।
ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गर्न वडा नं. २ कार्यालयले ८५ हजार रुपैयाँ उपलब्ध गराएको उनले जानकारी दिए।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा