मुगुका १० बस्ती मलेरियाको जोखिममा
मुगु : मुगुका १० वटा दुर्गम बस्ती मलेरियाको उच्च जोखिममा परेका छन्।
जिल्लाको पश्चिम खत्याड गाउँपालिकाको रिघा, हयाङलु, ढुमाना, आम, डामलेक, सुकाढिक, रातापानी र बिना उत्तरी सोरु गाउँपालिकाको भिई र धैनकोटका बस्ती मलेरियाको उच्च जोखिममा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्लाको होचा बेसी क्षेत्रमा तथा कर्णाली नदीको किनारमा रहेका १० वटा बस्तीहरू मलेयियाको उच्च जोखिममा पर्ने गरेको कार्यालयले जनाएको छ।
अघिल्लो वर्षदेखि मुगु जिल्ला नै मलेरियाको उच्च जोखिममा गणना भएको उनको भनाइ छ। गत वर्षदेखि खत्याड गाउँपालिकाका रिघा, सुकाढिक, आम, रातापानी र सोरु गाउँपालिकाको भीइ र धैनकोटमा मलेरिया बिरामी देखा परेका कारण उच्च जोखिममा राखिएको छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा