विदेशी विद्यार्थीलाई बढी सिट दिएको भन्दै प्रतिष्ठानविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विदेशी विद्यार्थीलाई बढी सिट दिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। डा. पुष्पमणि खरालले रिट दर्ता गरेका हुन्।
डा. खरालले प्रतिष्ठानविरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत विपक्षी बनाई मंगलबार मुद्दा दायर गरेका हुन् । रिटमा चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलसेमतलाई विपक्षी बनाइएको छ।
केही समयअघि प्रतिष्ठानको शैक्षिक सत्र २०७५\७६ को एमडी, एमएस, एमडीएस लगायतका विषय अध्ययनका लागि प्रकाशित सूचनामा केही विषयमा नेपाली विद्यार्थीलाई भन्दा विदेशी विद्यार्थीहरुलाई धेरै सिटको व्यवस्था गरिएको छ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ को परिच्छेद ६ को १७(५) ले स्नातक तथा स्नात्तकोत्तर तहका लागि तोकिएको कुल सिट संख्यामध्ये विदेशी विद्यार्थीको संख्या एक तिहाइभन्दा बढी हुन नहुने उल्लेख छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण