डेंगु संक्रमणबाट किशोरको मृत्यु
झापा : डेंगु संक्रमणबाट एक किशोरको मृत्यु भएको छ।
कमल गाउँपालिका ४ स्थित फोनिक्स ईंलिस बोर्डिङ स्कुल कक्षा ९ का छात्र रिजेन राईको डेंगु संक्रमणका कारण आइतबार मृत्यु भएको कमल गाउपालिका स्वास्थ्य शाखाले जनाएको छ। यद्यपि डेंगुबाटै मृत्यु भएको पुष्टि हुन बाँकी छ।
इलामको साक्फारा घर भएका रिजेन कमल गाउँपालिकास्थित मामा घरमा बसेर अध्ययन गर्दै आएका थिए। विद्यालयका प्रमुख वदी साम्पाङ राईका अनुसार रिजेन गएको बुधबार विद्यालय आएका थिए। कक्षा कोठामै टाउको, हाड जोर्नी दुख्यो भनेपछि उनलाई विद्यालयले घर पुर्याएको थियो।
बिहीबार रिजेनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई दमकको नमस्ते अस्पतालमा उपचारका लागि लगिएको थियो।
नमस्ते अस्पतालले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि रेफर गरेको थियाे उपचारकै क्रममा आइतबार बिहान उनकाे मृत्यु भएको कमल गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी रामचन्द्र मिश्रले बताए।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा