यसकारण हुन्छ उच्च रक्तचाप
उच्च रक्तचाप भनेको यस्तो अवस्था हो जसमा रगत प्रवाह हुने रक्तनलीहरूमा चाप बढी हुने गर्छ। यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र ती रक्तनली बन्द हुने सम्भावना बढाउँछ।
अधिकांश बिरामीहरूलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्दछ। केही अन्य समस्या जसमा उच्च रक्तचाप कम उमेरमै देखिन थाल्छ, यसको कारण अरु नै हुन सक्दछ, जस्तै मृगौला सम्बन्धी रोग, हर्मोनमो गडबडी वा लामो समयसम्म ‘स्टेरोइड’ जस्ता औषधिको सेवन हुन सक्छन्।
कम उमेरमै हुने उच्च रक्तचापको कारणलाई सुधार्न गर्न सकिने हुन सक्छ।
लक्षण
अधिकांश बिरामीहरुका उच्च रक्तचापको कुनै पनि लक्षण नदेखिन सक्छ। यसै कारण यो रोगलाई थाहा नहुने मृत्युको कारण पनि भन्ने गरिन्छ।
उच्च रक्तचाप भन्नाले सिस्टोलिक रक्तचाप १४० एमएम एच जी वा यसभन्दा माथि र वा डायस्टोलिक रक्तचाप ९० एमएम एच जी वा सोभन्दा माथि वा रक्तचाप कम गर्न औषधी सेवन गर्नुपर्ने अवस्था जब रक्तचाप धेरै बढेको हुन्छ, तब टाउको दुख्ने नाकबाट रगत बग्ने वा चक्कर लाग्ने हुन सक्छ।
लामो समयदेखि उच्च रक्तचापको बिरामीमा रक्तचापका कारण विभिन्न जटिलताहरु जस्तै मुटुरोग वा मृगौला सम्बन्धी रोग वा पक्षघात पनि हुन सक्छ।
तपाईँको परिवारामा यदि कोही उच्च रक्तचापबाट ग्रसित छन् भने तपाईँलाई पनि यो समस्या हुन सक्ने प्रबल सम्भावना हुन्छ। यसका साथै कम शारीरिक क्रियाकलाप, बढ्दो, तौल रगतमा बढ्दो चिल्लोपना, धूमपान गर्नाले वा मधुमेह रोगले उच्च रक्तचाप हुने जोखिम बढाउँछ।
उच्च रक्तचापलाई नियन्त्रण गर्ने विभिन्न औषधिहरू उपलब्ध छन्। त्यसमध्ये चिकित्सकले तपाईँको आवश्यकताअनुसार कुनै औषधि छनोट गर्न सक्नुहुनेछ।
रक्तचापको दीर्घकालीन नकारात्मक असरहरुबाट बच्चा यी औषधीहरूको नियमित रूपमा सेवन गर्न जरुरी हुन्छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित