बारबर्दिया नगरपालिकामा दुई हजार नौ सयलाई सिकलसेल एनिमिया
बर्दिया : बारबर्दिया नगरपालिकामा थारू समुदायका दुई हजार नौ सय व्यक्तिमा सिकलसेल एनिमियाको संक्रमण पुष्टि भएको छ ।
२५ हजारको नमुना संकलन गर्दा दुई हजार नौ सयमा सिकलसेल एनिमिया पुष्टि भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जानकारी दिएको हो। परिषद्ले एक वर्ष लगाएर गरेको अनुसन्धानमा यस्तो तथ्यांक आएकोअञ्जनीकुमार झाले बताए।
डा. झाका अनुसार एक वर्षदेखि ३९ वर्ष उमेर समूहमा लिइएको सबै नमुना वीर अस्पतालमा परीक्षण गरिएको हो । स्वास्थ्य मन्त्रालयको निर्देशनमा अनुसन्धान गरेको परिषदले एक सातामै रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।
नेपालमा थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमिया रगतसम्बन्धी वंशाणुगत रोग हो । रगतको कोषिकामा हुने क्रोमोजोम र जिनमा खराबी आए यो रोग लाग्छ ।
सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशाणुुगत रोग हो। चिकित्सकका अनुसार आमाबाबु दुवैमा यो रोग भए सन्तानमा पनि सर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण