वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको तालाबन्दी खुल्यो
सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा चार दिनदेखि लागेको ताला आइतबार बिहान खुलेको छ।
स्नातकोत्तर तह एमडी एमएसको केही विभागमा विदेशी विद्यार्थी कोटा बढी भएको भन्दै जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले चार दिनअघि ताला लगाएको थियो। प्रतिष्ठानका जुनियर चिकित्सकहरूको संस्था र प्रतिष्ठानबीच पाँचबुँदे सहमति भएपछि तालाबन्दी खुलेको हो।
प्रतिष्ठानको व्यवस्थापन पक्षले एमडी एमएसको इन्टर्नल मेडिसिन, पेडियाट्रिक्स (बालरोग) र सर्जरी (शल्यक्रिया) मा एक–एक सिट नेपाली विद्यार्थीको कोटा बढएपछि सहमति भएको आन्दोलनरत सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले जानकारी दिए।
सहमति अनुसार इन्टरनल क्याटगोरी सिट बाँडफाँडसम्बन्धी प्रतिष्ठानको सन् २०१५ देखिको प्रवेश परीक्षा कार्यविधि संशोधन गर्दै नेपाली विद्यार्थीलाई कम्तीमा ५० प्रतिशत सिट हुने कार्यविधि बनाउने, स्नातकोत्तर तहको सिट प्रतिष्ठानद्वारा आफ्नो क्षमताका साथ सञ्चालन गर्नेलगायत रहेका छन्।
सहमतिपछि उपकुलपति प्राध्यापक डा. राजकुमार रौनियारले सरकारले वीपी प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारीलाई तलब भत्ता सुविधा नदिएपनि नेपाली विद्यार्थीको हितमा सिट संख्या बढाएको बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित