‘अस्पतालकाे लापरवाहीले चार जनाकाे मृत्यु’
मोरङ : सेप्टी ट्याङ्कीमा निस्सासिएर अचेत चार जनाको मृत्यु अस्पतालको लापरबाहीले भएको आफन्त र स्थानीयले गरेका छन्।
जिल्लाको डायनियामा निर्माणाधीन सेप्टी ट्याङ्कीमा शनिबार अपराह्न निस्सासिएर घाइते भएका ५ मध्ये फिरोज आलम, सहनवाद, कफिल आलम र मोहम्मद आलमको मृत्यु भएको थियाे। घाइते दाउद मियाँको उपचार गोल्डेन अस्पताल विराटनगरमा भइरहेको छ।
अकल्पनीय घटनापछि गाउँ शोकमा डुबेको मात्र छैन आफन्त र स्थानीय आक्रोशित पनि छन्। समयमा उपचार नहुँदा चार जनाको मृत्यु भएको उनीहरूको दाबी छ । उनीहरुले रंगेली अस्पतालमा तोडफोडसमेत गरेका छन्।
स्थानीय मेडिकल अफिसरको दरबन्दी भएको रंगेली अस्पतालमा चिकित्सक नहुनु र नर्सबाटै उपचारको प्रयास गर्नु चरम लापरवाही भएको बताउँछन्।
‘चिकित्सक नभएपछि अस्पतालले समयमै घाइतेलाई विराटनगर ‘रेफर’ गर्नुपर्थ्यो, तर त्यो अवस्थाका बिरामीलाई उपचार नगरी अक्सिजनविनै डेढ घण्टासम्म राखियाे’, एक स्थानीयले भने, ‘यो अस्पतालको चरम लापरवाही हो।’
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा