निर्धारित समयावधिभन्दा चार महिनाअघि नै बन्याे स्वास्थ्य चौकी भवन
डडेल्धुरा : जिल्लाको नवदुर्गा गाउँपालिकामा एक स्वास्थ्य चौकीको भवन चार महिनाअघि नै निर्माण सम्पन्न भएको छ।
नवदुर्गा गाउँपालिका१ कोटेलीमा रहेको स्वास्थ्य चौकीको भवन निर्धारित समयभन्दा अघि नै निर्माण सम्पन्न भएको छ। सम्झौताको मितिभन्दा चार महिनाअघि नै निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।
शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीको निर्माण सम्झौताअनसार केएस चाँदनी र अंशु जेबी कम्पनीसँग भएको थियो।
एक करोड ८२ लाख छ हजार रुपैयाँ लागतमा भवन निर्माण भएको कम्पनीका सञ्चालक इञ्जिनियर तेजबहादुर ऐरले जानकारी दिए। २०७६ असोजमा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो।
सम्झौताअनुसार नै भवन निर्माणको सबै काम सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण भएको स्वास्थ्य चौकी इन्चार्ज खगेन्द्र भट्टले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण