गाउँपालिकाले दियाे विद्यालयलाई प्राथमिक स्वास्थ्य उपचार सामग्री
सल्यान : छत्रेश्वरी गाउँपालिकाले सबै विद्यालयलाई प्राथमिक स्वास्थ्य उपचार सामग्री वितरण गरेको छ।
गाउँपालिकाभित्रका ४० विद्यालयमा विभिन्न उपचार सामग्री राखेर एक–एक थान उपचार सामग्रीसहितको बाकस र स्टेचर वितरण गरिएको हो। विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त प्राथमिक स्वास्थ्य उपचार गर्न आवश्यक सामग्री तथा औषधिसहितको स्वास्थ्य सामग्री प्रदान गरिएकोे गाउँपालिकाले जनाएको छ।
विद्यालयको समयमा कक्षा कोठा तथा विद्यालय परिसरमै विद्यार्थीहरूलाई स्वास्थ्यमा समस्या देखिँदा अस्पताल लैजानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य उपचारका सामग्री उपलब्ध गराएको गाउँपालिकाका स्वास्थ्य प्रमुख अमर शर्माले बताए।
यस्तै, कार्यालयले विद्यालयहरूलाई सेनेटरी प्याड पनि वितरण गरेको छ। गाउँपालिकाका दुई वटा माध्यमिक विद्यालयमा पाँच\पाँच सयका दरले सेनेटरी प्याड वितरण गरेको हो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित