गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था
धादिङ : गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना भएका छन्।
१० वडा रहेको बेनिघाट रोराङमा ११ वटा स्वास्थ्य संस्था सञ्चालित छन्। साविक गाविसस्तरीय स्वास्थ्य चौकीलाई समेत एक वडा एक स्वास्थ्य संस्थाका रूपमा राखी बाँकी सबै ५ वटा वडामा यस आर्थिक वर्षमा गाउँपालिकाले आफ्नै स्रोत–साधनमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले जानकारी बताए।
गजुरी गाउँपालिकाको आन्तरिक स्रोतमा २० लाख बजेट छुट्ट्याएर वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ। साविकको गजुरी, किरान्चोक र पिडा गाविस मिलाएर गजुरी गाउँपालिकाको आठ वडा बनाइएको थियो।
साविकका गाविसमा एक–एक वटा स्वास्थ्यचौकी रहेको र बाँकी ५ वटा वडामा गाउँपालिकाको २० लाख बजेट छुट्याएर करारमा स्वास्थ्यकर्मी नियुक्त गरी स्वास्थ्य संस्था सञ्चालन गरिएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले बताए।
बेनिघाट रोराङ गाउँपालिकाले पनि आफ्नो १० वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ। पहिले चार वटा नै स्वास्थ्य चौकी रहेको जनप्रतिनिधि आएपछि स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्वास्थ्य संस्था थप गरिएको गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले जानकारी दिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित