मेडिकल काउन्सिलले लेख्यो चिकित्सा शिक्षा आयोगलाई पत्र
काठमाडौं : नेपाल मेडिकल काउन्सिलले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टग्राजुएट्स (पीजी) तहको सिट विवादबारे पत्र काटेको चिकित्सा शिक्षा आयोगलाई जानकारी गराएको छ। काउन्सिलले बुधबार आयोगलाई पत्र लेखी यसबारे जानकारी गराएको हो।
पीजी भर्नाका लागि विभिन्न ६ वटा विषयमा स्वदेशी विद्यार्थीलाई भन्दा विदेशी विद्यार्थीलाई बढी सिट छुट्याएपछि प्रतिष्ठान विवादित बनेको थियो।
‘प्रतिष्ठानले हालै निकालेको पीजी परीक्षाको प्रवेश परीक्षामा स्वदेशीभन्दा विदेशी विद्यार्थीलाई धेरै सिट छुट्याइएको भन्दै धेरै जनगुनासो आएको हुनाले ऐनमा भएको व्यवस्थालाई निर्क्याेल गरी आवश्यक कदम चालियोस्।’
गत ७ असारमा प्रतिष्ठानले प्रकाशित गरेको सूचनामा इन्टरनल मेडिसिन र पेडियाट्रिक्समा पाँचमध्ये तीन सिट विदेशीका लागि छुट्याएको छ। एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर मेडिसिनमा पनि एक तिहाइ भन्दा बढी अर्थात् ११ मध्ये चार सिट विदेशीलाई छुट्याएको छ। सर्जरीमा ६ मध्ये चार सिट विदेशीका लागि छुट्याएको छ। यस्तै, हेड एण्ड नेक सर्जरीमा पनि चारमध्ये दुई सिट विदेशीका लागि छुट्याएको छ।
ऐनअनुसार विदेशी विद्यार्थीका लागि एकतिहाइ कोटा मात्रै निर्धारण गर्नुपर्ने हुन्छ। ऐनविपरीत विदेशी विद्यार्थीका लागि कोटा छुट्याएको भन्दै विरोध भएपछि प्रतिष्ठानका पदाधिकारीहरूले कुल कोटाको एकतिहाई सिट ननाघेको भन्दै आफ्नो बचाउ गर्दै आएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित