गर्भजाँच गराउन आउने अधिकांश २० वर्षमुनिका
सिन्धुली : जिल्ला अस्पतालमा गर्भजाँच गराउन आउने अधिकांश बालिका रहेका पाइएको छ। मुलुकी संहितामा बिहेवारीको उमेर २० वर्ष तोकिएको भए पनि २० वर्षमुनिका गर्भवतीको संख्या अत्यधिक देखिएकाे सिन्धुली अस्पतालले जनाएको छ ।
सिन्धुली अस्पतालमा दैनिकरूपमा ५० देखि ७० जनासम्म गर्भवती स्वास्थ्य जाँच गराउन आउने गरेका छन्। तीमध्ये करिब १० देखि १५ जना २० वर्षभन्दा कम उमेरमा आउने गरेको अस्पतालको तथ्यांक छ।
अस्पातलमा २०७५ श्रावणदेखि २०७६ जेठ मसान्तसम्ममा २ हजार ३३७ जना गर्भवतीले स्वास्थ्य जाँच गराएकोमा एकसय ५५ जना १३ देखि १८ वर्ष बिचका रहेको अस्पतालकी मेडिकल सुपरिटेन्डेन तथा स्त्रीरोग विशेषज्ञ सुमित्रा गौतमले बताइन्।
स्वास्थ्यमा समस्या देखिएपछि ग्रामीण भेगमा रहेर सेवा दिएका स्वास्थ्यकर्मीहरुले सिन्धुली अस्पतालमा पठाउने गरेको उनले बताइन्। गत बर्षको तुलनामा यस वर्ष गर्भवती बालिका धेरै आएको उनकाे भनाइ छ।
यस्तै, अस्पतालमा सुरक्षित गर्भपतनका लागि आउनेमा पनि बालिकाहरू छन्। १३ देखि १५ वर्ष उमेर समूहका बालिका समेत सुरक्षित गर्भपतनका लागि आउने गरेको जानकारी दिइएकाे छ।
पछिल्लो समय अस्पतालमा अविवाहित गर्भवतीहरू पनि आउने क्रम बढ्न थालेको छ। यसरी आउनेमा पनि १५ वर्ष मुनिका रहेका छन्। यसरी आउनेहरूमा अधिकांश विवाहित पुरुष तथा घरबार भइसकेकाबाट पीडित बनेका बालिका छन्।
कम उमेरमा आमा बन्नेहरूसँग बुझ्दा अधिकांश आफूखुशी विवाह गरेकाहरू छन्। प्रविधिको बढ्दो प्रयोगसँगै आफुसुखी बालविवाह बढेको पाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित