गर्मीले बालबालिका प्रभावित भएपछि त्रियुगाका विद्यालय तीन दिन बन्द
उदयपुर : गर्मीका कारण बालबालिका प्रभावित भएपछि त्रियुगा नगरपालिकाले विद्यालयको पठनपाठन तीन दिन बन्द गरेको छ। नगर कार्यपालिकाकाले बैठकले बुधबारदेखि शुक्रबारसम्म तीन दिन बिदा गरेको हो।
असारको पछिल्लो सातादेखि उदयपुरको तामक्रम ४३ डिग्रीदेखि ४७ सम्म पुगेपछि विद्यालयहरूमा गर्मी बिदा दिइएको त्रियुगा नगरपालिकाका प्रवक्ता केदार दनुवारले बताए।
पछिल्लो एक साता तापक्रम बढेसँगै बालबालिका विद्यालयमै बेहोश हुन थालेपछि बिदा दिने निर्णय गरिएको नगरप्रमुख बलदेव चौधरीले बताए।
नगरपालिकाको शिक्षा इकाइले कार्यपालिकाको बिदा दिने निर्णय कार्यान्वयन गर्न गराउन मंगलबार सूचना नै जारी गरेको थियो।
भित्री मधेसमा पर्ने कटारी, त्रियुगा, बेल्टार, रामपुर क्षेत्रमा सर्वसाधरण गर्मीका कारण प्रभावित भएका छन्।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स