मुहार फेर्दै बीपी कोइराला क्यान्सर अस्पताल
चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधारोन्मुख अवस्थामा छ। तीन वर्षअघि अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेपछि सो अस्पताल अहिले सुधारोन्मुख अवस्थामा पुगेको हो।
अस्पतालका उपकरण बिग्रिएका, आवश्यक सामग्री अभाव, चिकित्सक–कर्मचारीले काम नगरी निजीमा केन्द्रित भएका कारण अस्पताल अस्तव्यस्त भएको थियो। चौतर्फी दबाबपछि स्थानीय प्रशासनले अस्पतालमा हस्तक्षेप गरी सुधारका लागि दबाब दिएको थियो।
अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले आफू प्रवेश गर्दा सङ्क्रमणकालीन अवस्थामा रहेको अस्पतालमा निकै काम गर्न सकेको बताए। गत वर्ष मात्र १९४ शय्याको सो अस्पताललाई ४४३ शय्याको बनाइएको हाे।
सेवा अभावमा बिरामी कम हुँदा तीन वर्षअघिसम्म दैनिक तीन लाखको हाराहारीमा राजस्व सङ्कलन हुँदै आएकोमा अहिले बढेर २२ लाख रुपैयाँ पुगेको आचार्यले बताए।
क्यान्सर बिरामीका लागि अत्यावश्यक मानिने रेडियोथेरापी मेसिन अभावमा दैनिक ६० जना हाराहारीले मात्र अस्पतालमा सेवा पाउने गरेका थिए। बिग्रिएका उपकरण बनाउने र नयाँ थपिने क्रमसँगै अहिले दैनिक १६० जनाले यो सेवा पाउने गरेको अस्पतालले जनाएको छ।
रेडियोथेरापी विभागमा आइजिआरटीसहितको रेडियोथेरापी क्लिन्याक नाइन मेशिनबाट पहिलोपटक सेवा प्रारम्भ गरिएको छ। नेपालमा नै पहिलोपटक जडान भएको सीटी सिमुलेटर मेसिन र शरीरको भित्री भागमा रेडियोथेरापी गर्ने ब्राकी थेरापी मेसिनबाट प्रदान गर्ने सेवा सञ्चालनमा आएको कार्यकारी निर्देशक आचार्यले जानकारी दिए।
कार्यकारी निर्देशक आचार्यका अनुसार प्याथोेलोजी विभागमा रहेका सम्पूर्ण उपकरणहरू सञ्चालनमा ल्याई पहिलोपटक ‘लिक्युड वेस्ड साइटोलोजी’ सेवा शुरुआत गरिएको छ।
यसले मुख्यतः बायोप्सीका लागि तीन महीनासम्म कुर्नुपर्ने बाध्यता हटेर तीन हप्तासम्ममा नतिजा आउने गरेको छ। पुरानो प्रविधिबाट हुने गरेको ‘क्यान्सर स्क्रिनिङ’ सेवाको सट्टामा एलबीसी नामक नयाँ उपकरणसहितको सेवा शुरु गरिएको आचार्यले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित