बालबालिकामा आँखासम्बन्धी जटिल समस्या बढ्दाे
महोत्तरी : जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा स–साना उमेरका बालबालिकामा आँखासम्बन्धी जटिल समस्या भेटिएको छ।
नगरपालिकाको सहकार्यमा महाकरुणा समाज नेपालले सञ्चालन गरेको बुद्ध आँखा केन्द्रले पछिल्लो एक महीनाको अवधिमा गरेको विद्यालय केन्द्रित आँखा परीक्षणमा यस्तो समस्या पाइएको हो ।
केन्द्रले एक महीनाको अवधिमा जाँच गरेका एक हजार ७४६ मध्ये एक हजार १४९ विद्यालयमा अध्ययन गरिरहेका छात्रछात्रा रहेका छन्। गत जेठ ४ गते स्थापना भएर सेवा शुरु गरेको केन्द्रले स–साना नानीहरुमा अल्छी आँखा हुने, एउटा आँखा कम देख्ने, आँखा डेढो हुने, आँखामा मासु पलाउने र केहीमा त जन्मँदै मोतियाविन्दुसमेत पाइएको जनाएको छ ।
यसबाहेक आँखा सुकेर दृष्टिविहीन भएको, आँखाको नानीमा खत भएर दृष्टि गुमाएका र सुक्खा आँखाको समस्या बाक्लै भेटिएको केन्द्रका अध्यक्ष डा. नवराज गौतमले जानकारी दिए।
सबैभन्दा बढी आँखा सुक्खा हुने समस्या पाइएको केन्द्रले जनाएको छ । सानो उमेरमा आँखाको हेरचाह नगर्दा र आवश्यक उपचारबारे ध्यान नदिँदा पछि जटिल समस्या आउने डा. गौतमको भनाइ छ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने