चिकित्सकद्वारा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण
काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विदेशीलाई बढी सिट दिएको विषयमा चिकित्सकहरुले आज स्वास्थ्य मन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराएका छन् । सरकारी चिकित्सक संघ, युवा चिकित्सक संघ लगायतका संगठनको संयोजनमा चिकित्सकहरुले मन्त्री यादवलाई भेटेर ज्ञापनपत्र समेत बुझाएका हुन्।
चिकित्सा शिक्षा ऐन विपरित प्रतिष्ठानले एक तिहाई भन्दा बढी सिट विदेशीलाई दिने गरी सूचना निकालेको भन्दै उनीहरुले तत्काल यसलाई सच्याउन माग गरेका छन्। ज्ञापनपत्रमा उनीहरुले नेपालमा चिकित्सकको अभाव भए पनि विदेशीलाई प्राथमिकता दिएर बढी कोटा छुट्याएकोमा आपत्ति जनाउँदै तुरुन्त सच्याउन माग गरेका छन्।
प्रतिष्ठानले असार ७ गते पिजीको लागि भर्ना खोलेको सर्जरी, बाल रोग, मेडिसिन ,एनेस्थेसिया, नाक,कान घाँटी जस्ता विषयमा ऐन विपरित नेपाली विद्यार्थी भन्दा बढी सिट विदेशी विद्यार्थाीलाई छुट्याएको छ । नेपाली विद्यार्थीलाई पढ्नबाट बञ्चित गरी विदेशी विद्यार्थाीलाई सिट दिनु सरासर गलत भएको ज्ञापनपत्रमा उल्लेख छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै