चिकित्सकद्वारा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण
काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विदेशीलाई बढी सिट दिएको विषयमा चिकित्सकहरुले आज स्वास्थ्य मन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराएका छन् । सरकारी चिकित्सक संघ, युवा चिकित्सक संघ लगायतका संगठनको संयोजनमा चिकित्सकहरुले मन्त्री यादवलाई भेटेर ज्ञापनपत्र समेत बुझाएका हुन्।
चिकित्सा शिक्षा ऐन विपरित प्रतिष्ठानले एक तिहाई भन्दा बढी सिट विदेशीलाई दिने गरी सूचना निकालेको भन्दै उनीहरुले तत्काल यसलाई सच्याउन माग गरेका छन्। ज्ञापनपत्रमा उनीहरुले नेपालमा चिकित्सकको अभाव भए पनि विदेशीलाई प्राथमिकता दिएर बढी कोटा छुट्याएकोमा आपत्ति जनाउँदै तुरुन्त सच्याउन माग गरेका छन्।

प्रतिष्ठानले असार ७ गते पिजीको लागि भर्ना खोलेको सर्जरी, बाल रोग, मेडिसिन ,एनेस्थेसिया, नाक,कान घाँटी जस्ता विषयमा ऐन विपरित नेपाली विद्यार्थी भन्दा बढी सिट विदेशी विद्यार्थाीलाई छुट्याएको छ । नेपाली विद्यार्थीलाई पढ्नबाट बञ्चित गरी विदेशी विद्यार्थाीलाई सिट दिनु सरासर गलत भएको ज्ञापनपत्रमा उल्लेख छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित