चिकित्सा शिक्षा ऐन विपरीत विदेशीलाई कोटा
काठमाडौं: बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा ऐन विपरित पोस्ट ग्राजुयट पिजी कार्यक्रमको सीटमा नेपाली विद्यार्थीभन्दा बढी कोटा विदेशी विद्यार्थीलाई छुट्याएको पाइएको छ।
चिकित्सा शिक्षा ऐनले विदेशी विद्यार्थीका लागि एक तिहाइभन्दा बढी सीट दिन नपाइने व्यवस्था गरेको भए पनि बिपी प्रतिष्ठानले यस विपरित गएर विदेशी विद्यार्थीलाई बढी सिट छुट्याएको हो।
ऐनमा प्रस्ट रुपमा स्नातक र स्नातकोत्तर तहमा तोकिएको सिट मध्ये एक तिहाई भन्दा बढी विदेशी विद्यार्थीलाई दिन नपाइने उल्लेख छ । यही ऐन अनुसार विषयगत रुपमा ३३ प्रतिशत सिट मात्र विदेशी विद्यार्थीलाई दिन पाइन्छ ।
ऐनको विपरित सूचना निकालेको भन्दै सरकारी चिकित्सक संघ, युवा चिकित्सक संघ लगायतका संस्थाले आज स्वास्थ्य मन्त्रालय घेर्ने कार्यक्रम तय गरेका छन्।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो