उपचारका क्रममा यूएईमा नेपालीको मृत्यु
साउदीबाट युएई ट्रान्जिट हुँदै नेपाल फर्किने क्रममा सारजा विमानस्थलमा एक नेपालीको मृत्यु भएको छ।
छुट्टीमा घर फर्किने क्रममा ताप्लेजुङ चाँगेका ६० वर्षीय प्रेमबहादुर आङबुहाङको उपचारका क्रममा सारजास्थित अल कुवेत अस्पतालमा मृत्यु भएको हो।
बुधबार एयर अरेबियामार्फत नेपाल फर्किँदै गरेका लिम्बु ढलेका थिए। सारजा विमानस्थलको प्रतीक्षालयमा उनी जण्डिसको संक्रमणले अन्तिम अवस्थामा पुगेको र दुवै मिर्गौला खराब भएको अस्पतालको रिपोर्टले देखाएको छ।
उपचाररत अवस्थामै शनिबार लिम्बुको मृत्यु भएको सोही अस्पतालमा कार्यरत नेपाली सुरक्षागार्डले बताएका हुन्।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा