स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि
प्यूठान : जिल्ला स्वास्थ्य कार्यालय प्युठानले स्थानीय तहका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएको छ।
नौबाहिनी गाउँपालिका–८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरीको रक्तस्राव रोक्न प्रयोग हुने अक्सिटोसिन इन्जेक्सन म्याद गुज्रिसकेको अवस्थामा भेटिएपछि यस्तो खुलासा भएको हो।
स्वास्थ्य कार्यालयबाट आएका औषधि गाउँपालिकाले समयमै नपठाएर एक महिना स्टोर भएपछि औषधिको म्याद नाघेको साहले बताए। म्याद गुज्रेको औषधि स्वास्थ्य चौकी पुग्नुमा जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाले एकअर्कालाई दोष लगाएका छन्।
स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले स्थानीय तहले ढुवानीमा ढिलाइ गरेका कारण औषधिको म्याद गुज्रिएको तर्क गरे ।
नौबहिनी गाउँपालिकाले भने स्वास्थ्य कार्यालय नै म्याद गुज्रिन लागेको औषधि पठाएको बताएको छ ।गाउँपालिकाका स्वास्थ्य सहसंयोजक गोविन्द केसीले १५ दिनमै म्याद सकिने औषधि पठाउनु त स्वास्थ्य कार्यालयकै दोष भएको बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण