भरतपुर कारागारमा क्यान्सरपीडित कैदीकाे मृत्यु
चितवन : जिल्ला कारागार भरतपुरमा गएराति एक कैदीको मृत्यु भएको छ। बाराको कलैया नगरपालिका ५ का ५८ वर्षीय भरतबहादुर थापाको मृत्यु भएको कारागार कार्यालयले जनाएको छ।
कार्यालयका लेखापाल कृष्ण काफ्लेका अनुसार थापा क्यान्सरपीडित थिए। क्यान्सर संक्रमण देखिएपछि उनलाई गत जेठ ६ गते वीरगञ्ज कारागारबाट भरतपुर कारागार कार्यालयमा ल्याइएको थियो। थापा २०७४ सालमा जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका थिए।
मृतक थापाको शव पोस्मार्टमका लागि भरतपुर अस्पतालमा लगिएको छ।
भरतपुर कारागारमा अहिले ९ जना क्यान्सरका बिरामी छन्।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो