रामेछापमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
रामेछाप : मन्थली नगरपालिका–६ कुनौरीमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। एकजना गम्भीर घाइते छन्।
दुर्घटनामा चालक निरबहादुर श्रेष्ठको मृत्यु भएको हो। उनी सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ का हुन्। नेपाल रेडक्रस सोसाइटी सिन्धुलीद्वारा सञ्चालित बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स रामेछापमा बिरामी लिन आउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते भएका गोलञ्जोर गाउँपालिका–७ का सुरज श्रेष्ठलाई उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।
सडकबाट २०० मिटर तल खसेको एम्बुलेन्स क्षतविक्षत भएको छ। दुर्घटनाको कारणबारे कसरी भयो भन्ने खुलेको छैन। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण