रामेछापमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
रामेछाप : मन्थली नगरपालिका–६ कुनौरीमा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। एकजना गम्भीर घाइते छन्।
दुर्घटनामा चालक निरबहादुर श्रेष्ठको मृत्यु भएको हो। उनी सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ का हुन्। नेपाल रेडक्रस सोसाइटी सिन्धुलीद्वारा सञ्चालित बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स रामेछापमा बिरामी लिन आउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते भएका गोलञ्जोर गाउँपालिका–७ का सुरज श्रेष्ठलाई उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।
सडकबाट २०० मिटर तल खसेको एम्बुलेन्स क्षतविक्षत भएको छ। दुर्घटनाको कारणबारे कसरी भयो भन्ने खुलेको छैन। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने