Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सरपीडित क्रिकेट खेलाडीलाई सहयोग

क्यान्सरपीडित क्रिकेट खेलाडीलाई सहयोग

डडेल्धुरा : क्यान्सरपीडित क्रिकेट खेलाडीको उपचारका लागि संकलन गरिएको सहयोग रकम परिवारलाई हस्तान्तरण गरिएको छ।आलिताल गाउँपालिका–६ का २६ वर्षीय केशव सिंहको उपचारका लागि संकलित रकम हस्तान्तरण गरिएको हो।

शनिबार कार्यक्रम आयोजना गरी एकाई कमिटीले डडेल्धुरा सदरमुकाममा गत आइतबारबाट संकलन गरेकोे ६० हजार ५ सय ६५ रुपैयाँ केशवकी आमा मीरादेवी सिंहलाई हस्तान्तरण गरेको हो।

रकम बुझ्दै आमा मीरादेवीले सहयोगीहरूलाई आभार व्यक्त गरिन्। शनिबार कार्यक्रम आयोजना गरी एकाई कमिटीले डडेल्धुरा सदरमुकाममा गत आइतबारदेखि संकलन गरेकोे ६० हजार पाँच सय ६५ रुपैयाँ केशवकी आमा मीरादेवी सिंहलाई हस्तान्तरण गरेको हो।

सिंह विभिन्न समयमा क्षेत्रीय क्रिकेट प्रतियोगिता खेलिसकेका क्रिकेटर हुन्। सहयोग गर्न चाहने व्यक्ति वा संस्थाहरूले केशव सिंहको ग्लोबल आइएमई बैंक डडेल्धुरा शाखामा रहेको खाता नम्बर १९०७०१०००२५६७ मा सहयोग रकम जम्मा गर्न सकिने जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि