डोल्पा अस्पतालमा टाइफाइड जाँच गर्ने किट अभाव
डोल्पा : जिल्लामा दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेको छ। तर सरकारी अस्पतालमा टाइफाइड जाँच गर्न आवश्यक किट छैन।
पाँच दिनदेखि किट अभाव हुँदा डोलपा अस्पतालमा आएका बिरामीको उपचारमा कठिनाइ भएको डा. सिजन रावलले बताए। किट नहुँदा समस्या भएपछि अनुमानका आधारमा उपचार गरिरहेको उनले जानकारी दिए।
यातायात र हवाइ यातायातको सहज पहुँच नभएको डोल्पामा औषधी आपूर्ति नहुँदा धेरै बिरामी मर्कामा पर्ने गरेका छन्। केहीले भने निजी औषधी पसलमा उपचार गरेको बताए। अस्पताल प्रशासनले औषधि अभावबारे प्रदेश सरकारलाई जानकारी गराए पनि चासो नदेखाएको बताएको आरोप लगाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित