अपाङ्गता भएकालाई डेंगुबाट बचाउन झुल
दाङ : तुलसीपुर उपमहानगरपालिका– ७ ले वडाका अपाङ्गता भएका व्यक्तिलाई झुल वितरण गरेको छ। शनिबार वडा कार्यालयमा कार्यक्रम आयोजना गरी झुल वितरण गरिएको हो।
दाङमा पनि लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको जोखिम रहेको भन्दै अपाङ्गता भएका व्यक्तिलाई झुल वितरण गरिएको वडाध्यक्ष टोपबहादुर केसीले बताए।
वडाका सबै अपाङ्गता भएका व्यक्तिको पहिचान गरी झुल वितरण गरिएको उनले बताए। अपाङ्गता भएका व्यक्तिले आफैँ कुनै पनि काम गर्न नसक्ने र आम्दानीको स्रोत नहुने भन्दै उनीहरूलाई सहयोगस्वरूप झुल वितरण गरेको वडाले जनाएको छ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र