अपाङ्गता भएकालाई डेंगुबाट बचाउन झुल
दाङ : तुलसीपुर उपमहानगरपालिका– ७ ले वडाका अपाङ्गता भएका व्यक्तिलाई झुल वितरण गरेको छ। शनिबार वडा कार्यालयमा कार्यक्रम आयोजना गरी झुल वितरण गरिएको हो।
दाङमा पनि लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको जोखिम रहेको भन्दै अपाङ्गता भएका व्यक्तिलाई झुल वितरण गरिएको वडाध्यक्ष टोपबहादुर केसीले बताए।
वडाका सबै अपाङ्गता भएका व्यक्तिको पहिचान गरी झुल वितरण गरिएको उनले बताए। अपाङ्गता भएका व्यक्तिले आफैँ कुनै पनि काम गर्न नसक्ने र आम्दानीको स्रोत नहुने भन्दै उनीहरूलाई सहयोगस्वरूप झुल वितरण गरेको वडाले जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित