स्वास्थ्य शिविरमा ४०० ले लिए सेवा
ताप्लेजुङ : सदरमुकाम फुङलिङमा शनिबार आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४०० भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने निम्न आयस्तरका परिवारलाई लक्ष्य गरी शनिबार आयोजना गरिएको शिविरमा ४२२ जनाले निःशुल्क सेवा लिएका हुन् ।
शिविरमा आँखा र कानका ३१२ जना साथै ११० महिलाले स्त्रीरोगसम्बन्धी जाँच तथा उपचार सेवा लिएको आयोजक समिट लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुख भोजराज फुयाँलले जानकारी दिए।
शिविर दृष्टि आँखा अस्पताल र अञ्जली हस्पिटल प्रालि बिर्तामोडको प्राविधिक सहयोगमा आयोजना गरिएको हो। शिविरमा निःशुल्क स्वास्थ्य जाँच र भिडियो एक्स–रे गरिनुका साथै औषधि साथै चस्मा निःशुल्क वितरण गरिएको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण