स्वास्थ्य शिविरमा ४०० ले लिए सेवा
ताप्लेजुङ : सदरमुकाम फुङलिङमा शनिबार आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४०० भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने निम्न आयस्तरका परिवारलाई लक्ष्य गरी शनिबार आयोजना गरिएको शिविरमा ४२२ जनाले निःशुल्क सेवा लिएका हुन् ।
शिविरमा आँखा र कानका ३१२ जना साथै ११० महिलाले स्त्रीरोगसम्बन्धी जाँच तथा उपचार सेवा लिएको आयोजक समिट लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुख भोजराज फुयाँलले जानकारी दिए।
शिविर दृष्टि आँखा अस्पताल र अञ्जली हस्पिटल प्रालि बिर्तामोडको प्राविधिक सहयोगमा आयोजना गरिएको हो। शिविरमा निःशुल्क स्वास्थ्य जाँच र भिडियो एक्स–रे गरिनुका साथै औषधि साथै चस्मा निःशुल्क वितरण गरिएको बताइएको छ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स