विहारमा इन्सेफ्लाइटिस महामारी : १६१ ले गुमाए ज्यान
भारतको विहारमा फैलिएको इन्सेफ्लाइटिस रोगका कारण १६१ जनाको मृत्यु भएको छ।
मुजफ्फर जिल्लामा फैलिएको इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दिनहुँ बढेको अधिकारीहरूले जनाएका छन्।
प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, स्वयंसेवकलगायत विशेष सहयोगीहरू परिचालन गरिएको पनि जानकारी दिएका छन्।
विहारका मुख्यमन्त्री नीतिशकुमारले रोग फैलिन नदिन र बिरामीहरूको उपचारलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएको बताइएको छ।
इन्सेफ्लाइटिसबाट मृत्यु भएकाको परिवारलाई राज्य सरकारले राहतस्वरूप चार लाख रुपैँया दिने घोषणा यसअघि नै गरिसकेको छ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स