डेंगुबारे जानीराखौँ
पछिल्लो केही समय यता पूर्वी तराई र आसपासका क्षेत्रमा डेंगु संक्रमण फैलिएको छ। हालसम्म ती क्षेत्रका ७०० भन्दा बढी मानिसमा डेंगुको संक्रमण फेला परेको छ।
डेंगुको संक्रमण नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावित क्षेत्रमा स्वास्थयकर्मीसहितको टोली समेत खटाएको छ।
यो वातावरणसँग पनि जोडिएको हुनाले महामारी फैलिन सक्ने डर हुन्छ। जहाँ पानी खुलारूपमा सञ्चित भएको हुन्छ, त्यहाँ लामखुट्टे बस्छ र फुल पार्छ। डेंगु ‘एडिस एजेप्टाई’ नामक लामखुट्टेको टोकाइबाट हुन्छ।
डेंगु भाइरसका कारण डेंगु रोगको संक्रमण हुन्छ। यस्ता लामखुट्टे सफा पानीमा बस्छन्। जस्तै घरमा जडान गरिएको एसी, भाँडामा राखिएको पानी, गमलामा भएको पानी, छतमा जमेको पानी आदिमा यो बस्छ।
लक्षणहरू
एक्कासि ज्वरो आउनु,
धेरै टाउको दुख्नु,
आँखाको गेडी दुख्नु,
हाड जोर्नी तथा मांसपेशी दुख्ने,
वाकवाकी लाग्ने,
गिजाबाट रगत बग्ने,
शरीरमा रगत जमेको दागहरू देखापर्ने
र, एक्कासी बेहोस हुने।
कसरी बच्ने?
पानी जम्नसक्ने भाडाँहरू जस्तै खाली बट्टा मट्टितेलका खाली ड्रम, गाडीको टायर आदिमा पानी जम्न दिनु हुँदैन।
बोतल वा प्लास्टिकका बटटाहरू जथाभावी फ्याँक्नुहुँदैन। यस्ता सामानमा जमेका पानीमा पनि लामखुट्टे बस्न सक्छन्।
घर वरिपरि सफा राख्ने पानी जम्ने खाल्डाहरु पुर्नुपर्छ। घरका झ्यालढोकामा जाली खापा लगाउने र सुत्दा झुलको प्रयोग गर्ने गर्नुपर्छ।
लामखुटेको टोकाइबाट बच्न पूरा बाहुला भएका कपडा लगाउनुपर्छ।
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलासँग कुराकानीमा आधारित।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण