निःशुल्क स्वास्थ्य बिमा सर्वसुलभ बनाउन माग
काठमाडौं : सांसद इन्दुकुमारी शर्माले सरकारले शुरु गरेको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम छिटो र सर्वसुलभ बनाउनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गरेकी छिन्।
शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा शर्माले नेपालको संविधानको मौलिक हकमा व्यवस्था गरेको स्वास्थ्य सेवाको हकलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुलभ बनाउनुपर्ने बताएकी हुन्।
सांसद शर्माले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा जिल्लाहरूमा प्रभावकारी हुन नसकेको र सरकारी अस्पतालमा समेत छिटोछरितो नहुने गरेको भन्दै सबै सरकारी अस्पतालमा सहज र सर्वसुलभ तरिकाले सेवा दिन आग्रह गरिन्।
उनले सबै सरकारी अस्पतालमा निःशुल्क खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण