वीरगञ्जमा कुष्ठरोगको प्रकोप
पर्सा : वीरगञ्ज महानगरपालिकामा कुष्ठरोगको उच्च प्रकोप रहेको सार्वजनिक भएको छ।
महानगरपालिकाको स्वास्थ्य विभागले बिहीबार सार्वजनिक गरेको तथ्यअनुसार चालू आर्थिक वर्षको यो अवधिमा महानगरपालिकाका ३२ वडामा १२ जना नयाँ कुष्ठरोगी फेला परेका छन्।
महानगरपालिकामा अहिले कुष्ठरोगीहरूको संख्या ६१ जना पुगेका छ। यो संख्या चिन्ताजनक भएको स्वास्थ्य अधिकृत कामेश्वर मिश्रले बताए।
महानगरपालिकाका पाँचवटा वडामा भएका रोगीहरूलाई असार १५ पछि घरमै पुगी पहिलो चरणको औषधि सेवन सुरु गर्ने बताइएको छ।
साविकका अलौ, भवानीपुर, मनियारी, हरपतगञ्ज र सुगौली विर्ता गाविसलाई छनोट गरिएको महानगरपालिकाले जनाएको छ। कुष्ठरोग सर्ने नसर्ने र चाँडो निको हुने तथा अलि ढिलो निको हुने खालका हुन्छन्।
पहिचान गरी आगामी वर्षसम्ममा केही कम गर्नेगरी कार्यसम्पादन गर्ने लक्ष्य लिएको स्वास्थ्य विभागका स्वास्थ्य अधिकृत मिश्रले बताए।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै