वीरगञ्जमा कुष्ठरोगको प्रकोप
पर्सा : वीरगञ्ज महानगरपालिकामा कुष्ठरोगको उच्च प्रकोप रहेको सार्वजनिक भएको छ।
महानगरपालिकाको स्वास्थ्य विभागले बिहीबार सार्वजनिक गरेको तथ्यअनुसार चालू आर्थिक वर्षको यो अवधिमा महानगरपालिकाका ३२ वडामा १२ जना नयाँ कुष्ठरोगी फेला परेका छन्।
महानगरपालिकामा अहिले कुष्ठरोगीहरूको संख्या ६१ जना पुगेका छ। यो संख्या चिन्ताजनक भएको स्वास्थ्य अधिकृत कामेश्वर मिश्रले बताए।
महानगरपालिकाका पाँचवटा वडामा भएका रोगीहरूलाई असार १५ पछि घरमै पुगी पहिलो चरणको औषधि सेवन सुरु गर्ने बताइएको छ।
साविकका अलौ, भवानीपुर, मनियारी, हरपतगञ्ज र सुगौली विर्ता गाविसलाई छनोट गरिएको महानगरपालिकाले जनाएको छ। कुष्ठरोग सर्ने नसर्ने र चाँडो निको हुने तथा अलि ढिलो निको हुने खालका हुन्छन्।
पहिचान गरी आगामी वर्षसम्ममा केही कम गर्नेगरी कार्यसम्पादन गर्ने लक्ष्य लिएको स्वास्थ्य विभागका स्वास्थ्य अधिकृत मिश्रले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण